उदयपुर गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

उदयपुर गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्दै

उदयपुर, ५ जेठ । उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि आज ए डिभिजनका दुई ठूला क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

उदयपुर रंगशालामा रुस्लान थ्री स्टार र मनाङ मस्र्याङ्दी उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रदैछन् । थ्री स्टार सेमिफाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने मनाङले सुनसरी ११ लाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो ।

थ्रीस्टार अघिल्लो साता झापामा सम्पन्न दमक गोल्डकपमा पराजित हुनुपरेको बद्ला लिने तथा मनाङ थ्रीस्टारलाई पुनः हराएर उदयपुर गोल्डकप आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

दुवै टोलीमा राष्ट्रिय खेलाडीहरू रहेकाले फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । गोल्डकप विजेताले ५ लाख नगद र ट्रफि तथा उपविजेताले ३ लाख हात पार्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);