वीरगन्ज, ५ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवगठित नेपाल कम्युनिष्ट पार्टीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । पर्साको वीरगन्जमा भएको कार्यक्रममा बोल्दै नेता निधिले दुई पार्टीको एकता तथा बहुमतीय सरकारको दम्भ नदेखाउन चेतावनी दिएका हुन् ।
विपक्षीलाई बिर्सेर अलोकतान्त्रीक चरित्र नदेखाउन उनले नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरे । पाँच बर्षपछि कांग्रेसले सरकार बनाएर देखाउने दाबी गर्दै नेता निधिले अहिलेको सरकारले केन्द्रीकृत शासन चलाउन खोजेको आरोप लगाए ।
विगतमा राजाले गाउँदेखि केन्द्रसम्म शासन चलाउँदा जनताले स्वीकार नगरेको स्मरण गराउँदै नेता निधिले अहिलेको सरकारले दम्भ देखाए जनताले ठेगान लगाउने चेतावनी दिए ।
सरकारले प्रदेशको अधिकार आफ्नै अधिनमा राख्न खोजेकोले प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसकिएको उनको भनाइ छ ।