दुई दिनदेखि ठप्प रहेको रक्सौल-वीरगन्ज राजमार्ग खुल्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८१, मंगलबार

दुई दिनदेखि ठप्प रहेको रक्सौल-वीरगन्ज राजमार्ग खुल्यो

वीरगन्ज, ५ जेठ । दुई दिनदेखि ठप्प रहेको रक्सौल वीरगन्ज राजमार्ग खुलेको छ ।टिपरको ठक्करबाट रक्सौलमा बुधवार एक युवकको मृत्यु भएपछि स्थानीयले राजमार्ग ठप्प पारेका थिए ।

रक्सौलमा स्थानीय र प्रशासनबीच मृतकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग खुलेको हो । दुबै देशका प्रधानमन्त्रीले आईसिपीको उद्घाटन गरेपनि रक्सौल भन्सारबाटै मालसमान पास भइरहेकाले सो क्षेत्रमा दुर्घटना धेरै हुने गरेको छ ।

आइसिपिलाई जुन ३० भित्र पूर्ण रुपमा संचालनमा लयाउने सहमति भएको समाजिक अभियन्ता शम्भु सलझले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);