सेनाको कूटनीति | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सेनाको कूटनीति

nepali sena

काठमाडौं, ५ जेठ । नेपाली सेनाले पछिल्लो समय सैन्य कूटनीतिमा जोड दिइरहेको छ । विकास परियोजना, हतियार तथा सैन्य सामग्री खरिदमा लबिइङ, शान्ति सेनामा नेपालको बलियो उपस्थितिलगायतले नेपाली सेना सैन्य कूटनीतिमा बढी सक्रिय भएको देखिएको हो ।

नेपालतर्फ हुने सबै खालका कूटनीतिक एवं राजनीतिक भ्रमणमा सेनाको चासो रहने गरेको छ । कतिपय भेटघाट सेनासँग छुट्टैसमेत हुने प्रचलन छ । यही कारण कूटनीतिमा बढी अग्रसर भएको देखिएको सेनाका अधिकारीहरूले बताए ।

सैन्य कूटनीति परराष्ट्र नीतिकै एक पाटोका रूपमा रहेको भनिए पनि समग्र कूटनीतिमा यसको प्रभाव रहन्छ । ‘ट्रयाक टु डिप्लोम्यासी’ कूटनीतिको एक पाटो हो । यसैमा अडेर सैन्य कूटनीतिले मुलुकलाई संकटबाट जोगाएका उदाहरण छन् । तर यसको व्यवस्थापन हुन नसके समस्या निम्तिने अधिकारीहरू बताउँछन् ।

सैन्य कूटनीति राज्यको एक महत्वपूर्ण कूटनीतिक पाटो मानिन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले हालै गरेको तीनदिने पाकिस्तान भ्रमण पनि दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्ने नीतिअनुरूप भएको हो । सेनाले यो भ्रमणबारे परराष्ट्रलाई जानकारी गराएको बताएको छ । सबै भेटघाटपछि प्रेस नोटसमेत जारी गर्ने गरिएको र यसलाई फरक ढंगले बुझ्न नहुने सेनाको भनाइ छ ।

नेपालतर्फ हुने भ्रमण तथा भेटघाट पनि रक्षा र परराष्ट्र मन्त्रालयको जानकारीमा नै हुने गरेको भन्दै सेनाले नेपालको कूटनीतिक मर्यादामा अडेर कूटनीतिलाई सहजीकरण गर्नकै लागि भएको बताएको छ । भेटमा भएका विषय बाहिर नल्याइने र त्यसको जानकारीसमेत परराष्ट्र एवं रक्षालाई नदिइने उल्लेख गर्दै परराष्ट्र अधिकारीहरूले यसमा सेना सचेत हुनुपर्ने बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);