जता विद्यार्थी उतै विद्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जता विद्यार्थी उतै विद्यालय

school

डोल्पा, ५ जेठ । कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् ।

एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् ।

त्यसैगरी, जगदुल्लाको प्वाग पाटनमा मुनामदन प्रावि छाँचु र काइके गाउँपालिकाको ठागे पाटनमा अरनिको मावि सहरताराले घुम्ती विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका सहायक प्रमुख सिंहराज डाँगीले बताए ।

घुम्ती विद्यालय सञ्चालनका लागि एक जना प्रधानाध्यापकको संयोजनमा तीन शिक्षक, एक पाल, प्रतिविद्यार्थी दुई सेट कापी, कलम र खाजा व्यवस्था गरिएको डाँगीले बताए ।

१ जेठदेखि डोल्पाका ११२ वटा विद्यालयका विद्यार्थी यार्चा संकलनमा गएपछि विद्यालय बन्द थिए । करिब एक महिनाभन्दा धेरै समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा बाधा हुने भएपछि शिक्षा विभागले डोल्पाका लागि घुम्ती विद्यालय व्यवस्था गरेको शिक्षा विकास समन्वय इकाइ डोल्पाका प्रमुख डोलराज काफ्लेले बताए ।

लामो समयसम्म अभिभावकहरू पाटनमा यार्चा संकलनका लागि बस्ने र बालबालिका पनि सँगै जाने भएका कारण पाटनमा सञ्चालन हुने घुम्ती विद्यालय प्रभाकारी हुने इकाइको दाबी छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);