चीन र भारतबीच युद्ध चर्कियोः दुई देशका सेनाबीच ढुङ्गा हानाहान | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

एजेन्सी, ३२ साउन । चीन र भारत बिचको पश्चिमी सिमानामा दुई देशका सेना बिच द्वन्द्व चर्किएको भारतिय आधिकारिक मिडिया एजेन्सीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।


दुई पक्षबिच ढुङगा हानाहान हुँदा दुवैपटिका सेनाहरुमा सामान्य चोटपटक लागेको छ । चिनिया सेनाहरु चीनको पाङपोङ ताल नजिक रहेको भारत सिमानामा प्रवेश गर्न खोज्दा सो घटना घटेको एजेन्सीले जनाएको छ । तर बेइजिङले आफ्ना सेना सिमाना भित्र नै हुदा भारतीय सेनाले आक्रमण गरेको जिकिर गरेको छ ।

उता चीनले यस्तो हिंस्रक व्यवहार पहिला देखि नै देखाउदै आएको भारतीय सेनाले दाबी गरेको छ ।

पछिल्लो केहि समय यता दुई देश बिच दोक्लाम भुमिका कारण असमझदारी बढ्दै गएको छ ।