काठमाडौं, ४ जेठ । नेपाल दूरसंचार प्राधिकरणले एक वर्ष भित्रमा मुलुकका सम्पूर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच पुयाउने लक्ष्य लिएको छ । ७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानिय तहमा इन्टरनेट पुर्याउने टेलिकमको लक्ष्य छ ।
भौगोलिक अवस्थासहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित ईन्टरनेट सेवाको पहुँच बढाईने प्राधिकरणले बताएको हो । कुल जनसंख्याको ४० प्रतिशत ईन्टरनेटको पहुँच पुगेको तथ्यांक छ । प्राधिकरणले ९० प्रतिशत जनतामा मोबाईल फोनको पहुँच पुगेको जनाएको छ ।
सिम प्रयोगका आधारमा १ सय ४० प्रतिशत जनताले मोबाईलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा प्रयोग संख्या बढि भएको प्राधिकरणले जनाएको छ ।