अमेरिकामा बस्दै आएका आप्रवासीलाई योग्यताबिहीन जनावरको संज्ञा : राष्ट्रपति डोनल्ड ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

अमेरिकामा बस्दै आएका आप्रवासीलाई योग्यताबिहीन जनावरको संज्ञा : राष्ट्रपति डोनल्ड ट्रम्प

donald trump

काठमाडौं, ४ जेठ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका आप्रवासीलाई योग्यताबिहीन जनावरको संज्ञा दिएका छन् ।

राष्ट्रपति ट्रम्पले विभिन्न नाममा अमेरिकामा अनावश्यक आप्रवासी आइरहेको भन्दै विश्व बजारमा बिक्न नसकेका जनावर अमेरिकालाई आवश्यक नरहेको बताए । उनले खासगरी मेक्सिकोबाट आएका आप्रवासीप्रति आक्रोश पाखे । ट्रम्पले ह्वाइटहाउसमा आयोजित कार्यक्रममा अन्य मुलुकका नागरिकलाई योग्यताका आधारमा मात्र अमेरिकामा शरण दिनुपर्ने बताए ।

न्यु मेक्सिको र क्यालिफोर्निया राज्यका अधिकारीहरुका कारण गलत मानिस अमेरिका आउन पाएको उनको भनाइ छ । उनले क्यालिफोर्नियाको कानुनले लागूऔषध कारोबारी, विभिन्न गिरोहका सदस्य तथा हिंस्रक लुटेरालाई समेत आश्रयका लागि छुट दिएको भन्दै असन्तुष्टि जनाए । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी विद्यमान कानुन असफल भएकाले नयाँ कानुन बनाउन आफुले पहल थालिसकेको पनि बताए । उनले गलत मनसायले अमेरिका आउन चाहने मानवरुपी जनावरलाई आफुले अब अमेरिकाको ढोका सधैंका लागि बन्द गरिदिने बताए ।