सन्दीप लामिछाने विश्व–११ टोलीमा छनोट | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सन्दीप लामिछाने विश्व–११ टोलीमा छनोट

sandeep

काठमाडौं, २ जेठ । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विश्व–११ टोलीबाट लर्डसमा खेल्ने भएका छन् । आईसीसी विश्व–११ र वेस्ट इन्डिजकाबीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुँदैछ ।

त्यसैका लागि सन्दीप पनि विश्व–११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले जनाएको छ । बंगलादेशका सकिब अल हसनले नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् ।

गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व–११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो ।

इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व–११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शाहिद अफ्रिदी र शोहेब मलिक तथा श्रीलंकाका थिसारा पेरेरा रहेका छन् । विश्व–११ का अन्य खेलाडीमा तामिम इकबाल, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लागन, हार्दिक पाण्डया, लुक रोन्ची रहेका छन् ।

कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);