नेपालले विश्वमा खानेपानी वितरण गर्न सक्ने क्षमता | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

नेपालले विश्वमा खानेपानी वितरण गर्न सक्ने क्षमता

khane pani

काठमाडौं, २ जेठ । नेपालमा जलवायु परिवर्तनसंगै पानीको संकलन र व्यवस्थापन उचित तरिकाले गर्ने सकेमा नेपालले विश्वमा खानेपानी वितरण गर्न सक्ने क्षमता भएको पूर्ववातावरण मन्त्री गणेश साहले बताएका छन् ।

गत बर्ष चैत २७ गते देखि २९ गतेसम्म सम्पन्न मानिसको जीवन र स्वास्थ्यसंग सम्बन्धित पानी वातावरण र जलवायू परिवर्तनको बिषयमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भएका विषयबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुर्वमन्त्री साहले आकाशबाट खस्ने थोपा थोपा पानीलाई व्यवस्थित तरिकाले प्रयोग गर्ने सके वर्तमान समयमा भएको खानेपानीलगायत अन्य पानीको समस्या समाधान गर्न सकिने बताए ।

विश्वभरिका ७ सय भन्दा धेरै विशेषज्ञ र व्यावसायिक व्यक्तित्वहरुको सहभागीता रहेको सम्मेलनमा नेपालको वर्तमान खानेपानीको समस्या, जलवायु परिवर्तनले निम्त्याउने समस्या र त्यसको व्यवस्थापनका उपायलगायत ढल र फोहोर व्यवस्थापन सम्बन्धी ११ बुदे निष्कर्श निकालिएको थियो । विश्वका विभिन्न मुलुकहरुले आकासे पानीको व्यवास्थापन गर्न विभिन्न प्रकारका प्रविधिहरुको प्रयोग गरी आवश्यक पर्ने पानीको आवश्यकता परिर्पूित गरिरहेका छन् ।

नेपालमा पनि ७ वटै प्रदेशमा पानीको व्यवस्थापनका लागि उचित प्रविधि भित्रयाएर प्रयोग गर्न सके पानी र फोहोरमैलाको समस्या समाधान गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);