दाङ, २ जेठ । सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए ।
त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो ।
तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए ।
एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चालकलाई शारदाबाटै लमही नगरपालिकामा तानियो । आफू गएपछि करारका कर्मचारी सबै तानियो शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले भने सक्षम कर्मचारीलाई एकैसाथ सरुवा गरिँदा काम गर्न झनै समस्या भयो । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।