काठमाडौं, १ जेठ । वैशाख २९ गते साँझ काठमाडौँको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास कार्यक्रम थियो । नेपाल र भारतबीचको पुर्व निर्धारित कार्यक्रम भएकाले ठूलो योजनामा सवैको चाँसो हुनु स्वभाविक हो।
त्यस माथि पनि भारतीय प्रधानमनत्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम भएकाले यसको चर्चा अझ बढि थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार समयमै दुवै देशका प्रधानमन्त्री कार्यक्रम स्थलमा उपस्थित भए ।
प्रधानमन्त्रीद्धयले इलेक्ट्रिक स्वीच थिचेर ९ सय मेगावाटको अरुण तेस्रो आयोजना शिलान्यास गरे । त्यसपछि ओली–मोदीले अंकमाल गरे । यत्ति हुँदा सम्म जलविद्युतसंग सम्वन्धी यत्रो कार्यक्रम हुँदा कार्यक्रमसंग प्रत्यक्ष सम्बध राख्ने उर्जा मन्त्री बर्षमान पुन भने कतै देखिएनन् ।
आखिर मन्त्रीलाई नै छुटाइनुको नियत के हो ? अहिले सवैको मनमा यो प्रश्न उब्जीएको छ । बर्षमान पुन आफैँ कार्यक्रममा नगएका हुन् वा उनलाई बोलाउँदै बोलाइएन ? नगएको भए किन गएनन् ? नबोलाइएको भए किन बोलाइएन ? के यो मन्त्रालय र लगानी बोर्डको मात्रै खटपट हो की मन्त्री र प्रधानमन्त्रीको असमझ्दारी ?
एमाले र माओवादी पार्टी एकतासम्मको तयारीमा भित्री गृहकार्यमा समेत सक्रिय रहेका नेता पुनलाई बाइपास गर्नु कतै पार्टी एकतामा ब्रेक लगाउने हतियार त होइन ? यी सवै प्रश्नहरु होटल द्धारिकाजमा भएको अरुण तेस्रोको शिलान्यास कार्यक्रमको दृश्यहरुले जन्माएको छ । यति ठूलो कार्यक्रममा मन्त्रीको अनुपस्थिती सामान्य त्रुटी मात्रै हुनै सक्दैन । थप जानकारीका लागि भिडियो हेर्नुहोस् :




