भारतद्वारा तटबन्ध निर्माणका लागि १८ करोड सहयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

भारतद्वारा तटबन्ध निर्माणका लागि १८ करोड सहयोग

india sahayog

काठमाडौं, १ जेठ । भारतले नेपालको बागमती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि १८ करोड ७४ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले मंगलबार एक कार्यक्रमकाबीच उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

तराई, मधेशमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माणको काममा भारत सरकारले थप आर्थिक सहायता उपलब्ध गराएको मन्त्री पुनले जानकारी दिए । भारत सरकारले नेपाललाई हालसम्म नदी तालिम र तटबन्ध निर्माणका लागि किस्ताबन्दीमा ४ अर्ब ६८ करोड रकम उपलब्ध गराईसकेको छ ।

नेपालका लागि भारतीय राजदुत पुरीले भारत सरकार नेपालसँग नदी नियन्त्रण, बाढि नियन्त्रण र जलस्रोत व्यवस्थापनमा निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);