काठमाडौं, १ जेठ । स्मार्ट र हरित शहर व्यवस्थापन सुस्ताएको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
ग्लोबल पिस फाउण्डेशन नेपालले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले निर्वाचनका बेला स्र्माट र हरित शहरको नारा दिए पनि काम नथालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । काठमाडौंमा बढ्दै गएको प्रदुषणका कारण मानव स्वास्थ्यमा असर परेको भन्दै उनीहरुले सबै संघसंस्था मिलेर योजना बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अमेरिका, जापान, चीन, भारत तथा पाकिस्तानका हरित शहर विज्ञको सहभागिता रहेको थियो ।