रुकुम पूर्वमा भेँडापालन व्यवसाय संकटमा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

रुकुम पूर्वमा भेँडापालन व्यवसाय संकटमा

रुकुम, ३१ वैशाख । रुकुम पूर्वमा भेँडापालन व्यवसाय संकटमा परेको छ । खुल्ला चरण क्षेत्रको अभावका कारण भेँडापालन व्यवसाय संकटमा परेको हो ।

रुकुम पूर्वका सिस्ने, राङसी, काँक्री, रन्मामैकोट र तकसेरा लगायतका बस्तीमा कृषकहरुले व्यवसायीक भेँडापालन गर्दै आएका छन् । तर चरणक्षेत्रमा अतिक्रमण भएकाले भेँडा पाल्न कठिन भएको कृषकहरुको भनाई छ ।

पहिले एक व्यक्तिले नै तीन सयसम्म भेँडा पाल्ने गरेकोमा अहिले घटाउँदै लगेका छन् । कृषकहरुले भेँडापालनका लागि आवश्यक नीति र चरण क्षेत्रहरुको संरक्षणका लागि पहल गर्न स्थानीय सरकारसँग माग गरेका छन् । भेँडा उन र मासुका लागि पाल्ने गरिन्छ।