अमेरिकाले जेरुसेलममा दूतावास खोल्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अमेरिकाले जेरुसेलममा दूतावास खोल्दै

ivanka trump

एजेन्सी, ३१ बैशाख । अमेरिकाले इजरायलको विवादित शहर जेरुसेलममा आज आफ्नो दूतावास खोल्दै छ । दूतावास उद्घाटन समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनर इजरायल पुगेका छन् ।

ट्रम्पले केही समय पहिले आफ्नो दूतावास इजरायलको राजधानी तेल अबीबबाट जेरुसेलम सार्ने निर्णय गरेका थिए । मध्यपूर्वका कतिपय देशको चर्को विरोधका बीच निर्णय गरेका ट्रम्प भने दूतावास उद्घाटन समारोहमा सहभागी हुने छैनन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने दूतावास तेल अबीबबाट जेरुसेलम सार्ने अमेरिकी निर्णयको स्वागत गरेका छन् । ट्रम्पको निर्णयको विरोध गरेका अधिकांश मुलुकका राजदूतले भने अमेरिकी दूतावासको उद्घाटन समारोह बहिष्कार गर्ने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);