काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरपालिकद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल सम्वत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको पाइएको छ । रञ्जना लिपि ऐतिहासिक शिलालेखहरुमा प्रयोग गर्दै आएको लिपि हो । अभिनन्दनपत्रमा दुई ठाउँमा रञ्जना लिपिको प्रयोग गरिएको छ ।
अभिनन्दनपत्र र काठमाडौं महानगरपालिकाको शब्द ठूलो अक्षरमा रञ्जना लिपिमा लेखिएको छ । महानगरपालिकाले नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र रञ्जना लिपिको प्रयोग र संरक्षण गर्दै आएको अन्तराष्ट्रियस्तरमा प्रवाह गर्न अभिनन्दन पत्रमा त्यही भाषा र लिपिको प्रयोग गरिएको बुझिएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।