मोदीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पुजा गरे | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

मोदीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पुजा गरे

modi pashupati

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पुजा गरेका छन् ।

करिब ४५ मिनेट पशुपतिनाथमा बिताएका मोदीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले पशुपतिनाथ मूर्तिसहितको फ्रेम उपहार दिएका थिए । नेपाल भ्रमणको दोस्रोदिन शनिबार बिहानै मुक्तिनाथ मन्दिर पुगेर दर्शन र पुजाआजा सकेलगत्तै हेलिकोप्टरबाट काठमाडौं आईपुगेका मोदी साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पशुपतिनाथ पुगेका थिए ।

पशुपतिनाथमा मोदीलाई संस्कृतिमन्त्री अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकाल, कोषाध्यक्ष डाक्टर मिलनकुमार थापा र कार्यकारी निर्देशक रमेश उप्रेतीले स्वागत गरेका थिए । यसअघि मोदीले २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पशुपितबाट हायात होटलमा पुगेका मोदीले त्यहाँ राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसपछि काठमाडौं नगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना गरेको नागरिक अभिन्नदन सहभागी भई अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);