अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने

madira

काठमाडौं, २८ बैशाख । दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो ।

उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिले १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ । ‘अब पसलबाट दालचामल खरिद गरेझैं सहजै मदिरा खरिद गर्ने र बिक्री गर्न नपाऊन् भन्नेमा मन्त्रालयको जोड रहनेछ, अब केही समयपछि त्यसरी मदिरा किन्न र बिक्री गर्न पाइन्न,’ समितिका संयोजक शर्माले भने, ‘लागूपदार्थ र मदिराका कारण झण्डै ७० प्रतिशत अपराध हुने गरेको देखिएपछि गृहमन्त्री रामबहादुर थापाले निषेध र नियन्त्रणका लागि तादरुकता देखाउनुभएको छ।’

मदिरा खरद गर्नेको तीनपुस्ते संकलन गर्ने जस्ता नयाँ व्यवस्था पनि गरिने स्रोतले बताएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);