मदिरामा अंकुश: किन्ने र पिउने अपराह्रन ४ बजेपछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मदिरामा अंकुश: किन्ने र पिउने अपराह्रन ४ बजेपछि

raksi

काठमाडौं, १३ मंसिर । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ ।

गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ ।

शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो ।

अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा खरिद गर्न पाउनेछन् ।

विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागजपत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् । तर, कारोबार जतिवेला पनि गर्न छुट हुनेछैन ।

अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ ।

होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);