काठमाडाैं, २७ वैशाख । राेल्पामा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रथम सभामुखकप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
वैशाख २९ देखि जेष्ठ २ गतेसम्म राेल्पामा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रथम सभामुखकप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रादेशिक संरचना अनुसार सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेशका टोली र ३ विभागिय टोली गरि १० वटा टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालन गर्न ५५ लाख रुपौयाँ बजेट बिनियोजन गरिएको आयोजकले जानकारी दिएको छ ।




