काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमालेसँगको पार्टी एकतामा ढिलाई भएको बताएकी छन् ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रवक्ता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मोदीको स्वागतमा केन्द्रित हुँदा एकतामा ढिलाइ भएको बताएकी हुन् । मोदीको भ्रमण सम्पन्न भएलगत्तै पार्टी एकता निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
प्रवक्ता भुसालले सरकार निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता पूरा हुनेगरी आफ्नो काममा केन्द्रित भएको दावी पनि गरिन । उनले सरकारले तोकिएकै समय बजेट ल्याउने र त्यो जनमुखि हुने विश्वास पनि व्यक्त गरिन ।