इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियो

trump

काठमाडौं, २६ बैशाख । इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता औचित्यहीन भएकाले अमेरिका बाहिरिएको बताएका छन् । सन् २०१५ मा राष्ट्रपति बाराक ओबामासँग भएको सम्झौता अनुसार इरानले आफ्नो परमाणु हतियार कार्यक्रम बन्द गर्ने र अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्झौता भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याह्युले अमेरिकाको यो निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

इरानले भने ट्रम्प प्रशासनको निर्णयको विरोध गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको निर्णयले आफुहरुलाई युरेनियम उत्पादनमा लाग्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति रुहानीले परमाणु सम्झौतामा समावेश भएका अन्य सहयोगीहरुसँग कुरा गर्नका लागि एक हप्ता पर्खने समेत बताएका छन् । इरानसँगको पारमाणविक सम्झौता महत्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्याउने कदमहरू चाल्न नहुने पनि बताएका छन् । सन् २०१५ मा इरानले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न सहमत भएपछि इरानको अमेरिका, बेलायत, फ्रान्स र रूससँग सम्झौता भएको थियो ।

सम्झौतापछि अन्तर्रा्ष्ट्रिय समुदायले लगाउँदै आएका इरान लक्षित आर्थिक प्रतिबन्ध फुकुवा गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);