महिला हिंसाको घटनामा कमी आउन सकेन | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

महिला हिंसाको घटनामा कमी आउन सकेन

Mahila hinsha

अप्सरा लामिछाने
काठमाडौं, २४ बैशाख । महिला हिंसा अन्त्यका लागि विभिन्न अभियान सञ्चालन गरिएपनि महिला हिंसाको घटनामा कमी आउन सकेको छैन । कनुनले महिलालाई अधिकारसम्पन्न बनाए पनि ब्यवहारमा भने महिलाहरु अहिले पनि विभेद असमानता, अन्याय तथा विभिन्न खालको हिंसाको सिकार भइरहेका छन् ।

महिलाको आत्मसम्मानमा पुर्याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा लिइन्छ । पछिल्लो समय शिक्षित दर बढेपनि महिला हिंसाको घटनामा भने कमी आउन सकेको छैन । महिला हिंसाको घटनामा कमी नआउनुमा विभिन्न तत्वको भूमिका रहेको अधिकारकर्मीहरुको भनाइ छ ।

संविधान र कानुनले महिलालाई अधिकार सम्पन्न बनाएको छ । तर, समाजमा ब्याप्त कुरिति, अन्धविश्वास र आपराधिक मानसिकताका कारण महिलाहरु अझै हिंसाको सिकार भइरहेका छन् । महिलाहरु परिवार, छिमेक र समाजबाटै पीडित छन् । समाजशास्त्रीहरु भने अशिक्षा, मदिरा सेवन तथा सूचना प्रविधिको दूरुपयोग महिला हिंसाको प्रमुख कारण भएको बताउँछन् ।

पछिल्लो चार बर्षमा प्रहरीमा परेको महिलाहिंसासँग सम्बन्धित उजुरीको तत्थयाङ्क हेर्ने हो भने । हरेक बर्ष महिला हिंसाको घटना बढीरहेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा जवरजस्ती करणी ९ सय ८१, जवरजस्ती करणी उद्योग ५ सय ६२, महिला वेचविखन १ सय ८१, गर्भपतन १७, बहुविवाह ५ सय १८, बालविवाह २३, घरेलु हिंसा १ र अन्यमा ४३ उजुरी परेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ देखि यता २०७४÷०७५ चैत्र मसान्त सम्मको तत्थ्याङ अनुसार जवरजस्ती करणी २ हजार ७ सय ४९, जवरजस्तीकरणी उद्योग १ हजार २ सय ५७, महिला बेचविखन ५ सय ५४, गर्भपतन ५५, बहुविवाह १ हजार १ सय ५७, बालविवाह ६६, घरेलु हिंसा १२ र अन्यमा ७७ उजुरी परेको छ । यसले पनि महिला हिंसाको घटनामा कमी नआएको स्पष्ट हुन्छ ।

विगतको तुलनामा महिलाहरु सचेत भएसँगै हिंसाका घटनामा उजुरी गर्नेको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ । त्यसो त परेका उजुरी सबै तत्थ्य नहुने विगतका घटनाहरुले स्पष्ट पारेको छ । कोहीसँग रिसिवि साँध्न पनि उजुरी दिनेगरेको पाइएको छ । साथै ग्रामिण क्षेत्रका महिलाहरु भने अझै पीडा दबाएर बसिरहेका छन् ।

सामाजिक प्रतिष्ठा, परिवारको दवाव आदी जस्ता कारण कतिपय महिला हिंसाको सिकार भए पनि उजुरी गर्दैनन् । त्यस्तैले महिला हिंसाको घटना कति हुन्छन् भन्ने एकिन तत्थ्याङ्क निकाल्न सकिएको छैन । तथापी प्रहरीमा परेको उजुरीको संख्याले महिला हिंसाको घटनामा कमी नआएको स्पष्ट पार्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);