काठमाडौं, २३ बैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रतिनिधिसभा सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदालाई अन्तिम रुप दिएको छ ।
समितिको शनिबार सिहंदरबारमा बसेको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकले फौजदारी मुद्धा लागेका सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा पद निलम्बन नहुने तर पारिश्रमिक, सेवासुविधा र अधिकार भने कटौती गर्ने गरी मस्यौदालाई अन्तिम रुप दिएको हो ।
समितिले पारित गरेको मस्यौदा संघीय संसद्को आज बस्ने बैठकमा पेश गर्ने कार्यसूची छ ।