ग्राहक पहिचान नविकरण नगर्ने लगानीकर्ताहरुको शेयर कारोबार नगर्ने | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

ग्राहक पहिचान नविकरण नगर्ने लगानीकर्ताहरुको शेयर कारोबार नगर्ने

securities

काठमाडौं, २३ बैशाख । नेपाल धितोपत्र बोर्डले जेठ १ गतेसम्म ग्राहक पहिचान नविकरण नगर्ने लगानीकर्ताहरुको शेयर कारोबार नगर्ने सूचना जारी गरेको छ ।

बोर्डले लगानीकर्ताहरुलाई सक्कली नागरिकता सहित नविकरण गराउन अनुरोध गरेको छ । ग्राहक पहिचान केवाइसी नविकरण गर्दा नागरिकताको प्रतिलिपि, पासर्पोट साइजको एक थान फोटो, बैंकको खातामा नम्बर, प्यान कार्डको प्रतिलिपि चाहिने बोर्डले जनाएको छ ।

साथै, कर्मचारी भएमा परिचयपत्र र नावालकको हकमा संरक्षक तथा नाबालकसहित दुबै जनामा फोटो, जन्मदर्ता र संरक्षकको नागरिकता प्रतिलिपिसहित ब्रोकर कम्पनीमा गएर केवाइसी नविकरण गर्न सकिने बोर्डले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);