चिनियाँ उपप्रधानमन्त्री याङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

चिनियाँ उपप्रधानमन्त्री याङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चिनियाँ टोलीद्वारा ओली नेतृत्वको सरकारको प्रशंशा

 

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँगको भेटमा ओली नेतृत्वको सरकारले आफ्नो मुलुकसँगको सम्बन्ध विस्तारमा खेलेको भूमिकाको खुलेर प्रशंशा गरेका छन् ।

 

एमाले र चिनीयाँ टोलीबीच आज भएको भेटमा ओलीले संविधान निर्माण र स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री वाङ याङले आभार व्यक्त गरेका छन् ।

 

चीनसँगको सम्बन्ध विस्तारमा अध्यक्ष ओली नेतृत्वको सरकारले दिएको योगदानको चिनियाँ उपप्रधानमन्त्रीले खुलेर प्रशंशा गरेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । ओलीकै नेतृत्वमा नेपालमा संविधान जारी भएकोमा चिनियाँ प्रतिनिधि मण्डलले आभार व्यक्त गरेको ज्ञवालीले बताए।

भेटमा पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणाको प्रशंशा गर्दै त्यसलाई अघि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् । त्यस अवसरमा चिनियाँ उपप्रधानमन्त्री याङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीन जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

 

दुईपक्षिय भेटमा नेपालको आर्थिक विकासमा चिनियाँ लगानीको आवश्यक्तामा पनि जोड दिइएको थियो । चिनियाँ उपप्रधानमन्त्री याङले ओली नेतृत्वको सरकारको पालामा भएका सम्झौता कार्यान्वयन गरेर अघि बढ्न आफनो मुलुक प्रतिवद्ध रहेको बताएका छन् ।

ताजा समाचार