वित्तिय प्रणालीमा आउने चक्रिय संकट समाधानका लागि सचेत हुन अर्थमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

वित्तिय प्रणालीमा आउने चक्रिय संकट समाधानका लागि सचेत हुन अर्थमन्त्रीकाे आग्रह

yubraj khatibada

काठमाडौं, १९ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले वित्तिय प्रणालीमा आउने चक्रिय संकट समाधानका लागि सचेत हुन वित्तिय क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र औद्योगिक विकास बैंकको एकीकृत कारोबार शुभारम्भको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तिय प्रणालीमा आउन सक्ने संकट समाधानका लागि आवश्यक पूर्वतयारीमा ध्यानदिनुपर्ने बताएका हुन् । वित्तिय प्रणालीमा चक्रिय संकट आईरहने भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे ।

वित्तिय प्रणालीमा हुने अपराध र दण्डहिनता सैह्य नभएको भन्दै उनले चुस्तदुरुस्त हुननसक्ने वित्तिय संस्थालाई कार्बाही गर्ने चेतावनी दिए ।

श्वेतपत्रका बारेमा गरिएको टिप्पणीतर्फ लक्षित गर्दै उनले अर्थशास्त्रको मनोगत विश्लेषण नगर्न आग्रह गरे । अर्थमन्त्री खतिवडाले वित्तिय क्षेत्रको विस्तारसँगै सुपरिवेक्षण र अनुगमनको चुनौति पनि थपिएको भन्दै नियमनकारी निकाय त्यसतर्फ चनाखो हुनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);