काठमाडौं, १८ वैशाख । १४ औं अन्तर्राष्ट्रिय व्यापार मेला १० करोड बढि आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ५ दिने मेलामा १० करोड बढिको कारोबार भएको आयोजकले जनाएको छ ।
अपेक्षा गरे अनुसारको आर्थिक कारोबार मेलामा भएको मेला आयोजक समितिका संयोजक मोहन कटुवालले जानकारी दिए ।
मेलामा करिव २ लाखले अवलोकन गरेका थिए । नेपाली बस्तुको अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो । मेलामा भारत, बंगलादेश, पाकिस्तान लगायतका सार्क राष्ट्रहरुको पनि स्टल राखिएको थियो ।