मुलुकमा रगत अभाव हुन नदिने प्रचण्डको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

मुलुकमा रगत अभाव हुन नदिने प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १७ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा रगत अभाव हुन नदिन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले रक्त संकलन अभियानलाई व्यवस्थित बनाउन सबै स्थानीय तहसम्म आवश्यक संरचना तयार पार्ने योजना अघि सारे । नेपाल स्वयम्सेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले आवश्यक विमर्श गरिरहेको बताए ।

त्यस अवसरमा अध्यक्ष दाहालले रगत संकलन अभियानलाई अघि बढाएकोमा रक्तदाता स्वयमसेवीहरुको खुलेर प्रशंशा गरे ।

अध्यक्ष दाहालले जनताले शान्ति, समृद्धि र सुस्वास्थ्यको चाहना राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न मुलुकमा जागरण अभियान नै संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले रगतको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले संकलन गरिएको रगत समयमा पाउन नसक्दा मानिसहरुको ज्यान जाने गरेको स्मरण गरे ।

वरिष्ठ मुटु रोग विशेषज्ञ कोइरालाले हरेक समयमा रगत उपलब्ध हुनेगरी संकलनको कामलाई अघि बढाउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नेपालमा रगतको अभावमा धेरै मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।