गौतम बुद्धको उपदेश र शान्तिको सन्देश विश्वकै लागि मार्गदर्शन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

गौतम बुद्धको उपदेश र शान्तिको सन्देश विश्वकै लागि मार्गदर्शन : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको उपदेश र शान्तिको सन्देश विश्वकै लागि मार्गदर्शन भएको बताएका छन् ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति र सद्भावका लागि बुद्धको उपदेश जिवनपयोगि भएको बताए । उनले बुद्धको सन्देश आजको मानव जीवनका लागि मार्गदर्शन सिद्धान्त समेत भएको बताए ।

प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनका लागि सरकारले विशेष योजनाका साथ काम गर्ने बताए । उनले लुम्बिनी विकासका लागि नयाँ गुरु योजना बताउने तयारीमा आफु रहेको पनि बताए । प्रधानमन्त्री ओलीले देश अब समृद्धि तर्फ अघि बढिरहेको र बिकासका लागि सबै नागरिकको सहयोग आवश्यक रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);