आज वैशाख शुक्ल पूर्णिमा २५ सय ६२ औं बुद्ध जयन्ती | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

आज वैशाख शुक्ल पूर्णिमा २५ सय ६२ औं बुद्ध जयन्ती

buddha jayanti

काठमाडौं, १७ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा,२५ सय ६२ औं बुद्ध जयन्ती । आज भगवान गौतम बुद्धको जन्मदिन देशभर विविध कार्यक्रमगरि भगवान बुद्धको स्मरण गरिंदै छ ।

बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन् । बुद्धको जन्म ईशापूर्व ५४३ मा नेपालको कपिलवस्तु जिल्लामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो ।

उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ । जन्मनासाथ पोखरीमा स्नान गराइएका बुद्धले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो ।

सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् । सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारमा दुःख भएको देखे । त्यही दुःखमुक्तिको उपाय खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनले मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी गरे । वर्षौंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश भनिन्छ । बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनका शिष्यहरूले उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो । यस ग्रन्थमा उपदेशहरूलाई पालिभाषामा रूपमा राखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);