भ्रष्टाचार र अनियमितता सदाका लागि अन्त्य गर्छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

भ्रष्टाचार र अनियमितता सदाका लागि अन्त्य गर्छु : प्रधानमन्त्री ओली

pm kp oli

बुटवल, १६ बैशाख । प्रधानमन्त्री केपी ओलीले सिण्डिकेट, घुसखोरी र बन्दहडताल जस्ता कार्यलाई सदाका लागि अन्त्य गर्ने उद्घोष गरेका छन् । आइतबार प्रदेश–५ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समुहको फाइदाका लागि हुने यस्ता अनुचित कार्यमा स्थानीय तह देखि केन्द्र सरकारले सम्झौता नगर्ने बताए ।

जनतालाई संघियताको अनुभूति दिलाउन हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासन कायम गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । उनले सुशासन, आर्थिक उन्नति र विकासका लागि मानवीय तथा प्राकृतिक स्रोत साधन र ज्ञान सीपको उपयोग गरिने बताए ।

प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य समयमै सम्पन्न हुने दाबी गरे । भारतले जमिनमा मात्र नभएर आकाशमा पनि कञ्जुस्याईं गरेको भन्दै उनले भारतसँग आकाशको अधिकार लिने बताए ।

प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेको यो पहिलो हो । अब क्रमशः अन्य प्रदेशसभालाई पनि प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);