साउन ३१, काठमाडौँ ।
कृषि विकास मन्त्रालयका कर्मचारीले बाढीपहिरो प्रभावितहरुका लागि एक करोड २० लाख रुपैयाँ सहयोग गरेका छन् ।
कृषि विकास मन्त्रालय मातहतका कर्मचारीले आफ्नो तलबबाट एक करोड २० लाख रुपैयाँ सहयोग गरेका हुन् । कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा बसेको मन्त्रालय मातहतका निकायका प्रमुखहरुको बैठकले गरेको निर्णय अनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन तथा उपसचिव र अधिकृतले तीन÷तीन दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेका छन् ।
यस्तै नायव सुब्बा र खरिदारले दुई÷दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब कोषमा सहयोग गरेका छन् ।




