सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन ३१ , काठमाण्डौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुई वर्ष पहिलेको भुकम्पपछि घटेको पर्यटकको आगमन पछिल्लो समय बढेको छ । गत आर्थिक वर्ष ४५ हजार १ सय १२ जना पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको छन् । आर्थिक वर्ष २०७२/७३ मा यो संख्या २६ हजार ८ सय १७ थियो । निकुञ्ज कार्यालय नाम्चेका सूचना अधिकारी मानबहादुर खड्काले पर्यटकको संख्या बढेसँगै राजस्वमा उल्लेख्य बृद्धी भएको बताउनुभयो । पर्यटकबाट गत आर्थिक बर्ष १३ करोड ५५ लाख ७८ हजार ९ सय ४९ रुपैयाँ राजस्व संकलन भएको छ । सगरमाथा क्षेत्र प्रवेश गर्दा सार्क राष्ट्रका नागरिकले १ हजार ५ सय र अन्य देशका नागरिकले ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । सगरमाथा राष्ट्रिय निकुञ्जमामा भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा एक हजार एक सय ९४ भारतीय पर्यटक सगरमाथा क्षेत्रमा पुगेकामा गत वर्ष यो संख्या २ हजार १ सय १० पुगेको निकुञ्ज कार्यालयले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);