मोदीका कारण ओलीको चीन भ्रमण अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

मोदीका कारण ओलीको चीन भ्रमण अनिश्चित

oli and modi

काठमाडौं, १४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी राष्ट्र चीन पुगेका छन् । भारत भ्रमणबाट फर्किए लगत्तै चीन भ्रमणमा निस्किने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण भने मोदीकै कारण अनिश्चित बनेको छ ।

गत चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट फर्किए लगत्तै चीन भ्रमणमा जाने तयारीमा थिए । त्यसका लागि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चीन पठाएका थिए ।

ज्ञवाली चीनबाट फर्किए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने चर्चा चल्यो । नेपालले पनि जेठ दोस्रो वा तेस्रो साताका लागि मोदीलाई स्वागत गर्ने तयारी थाल्यो । तर, भारतीय पक्षबाट एकलौटी रुपमा बैशाख २८ को मितिमा मोदीले नेपालको भ्रमण गर्ने कुरा आयो ।

त्यसपछि चीन भ्रमणको मिति तोक्नै लागेको परराष्ट्र मन्त्रालय अलमलमा प¥यो । भारतको प्रस्तावमा ‘नाइ’ भन्न नसकेका ओली आफ्नो भ्रमण पछि सारेरै भएपनि मोदीलाई स्वागत गर्ने निष्कर्षमा पुगे ।

यसरी ओलीले मोदीका कारण आफ्नै चीन भ्रमणलाई अनिश्चिततामा पारेका छन् । यसप्रति उनकै पार्टी एमालेका नेताहरुले समेत असतुष्टि जनाएका छन् ।

त्यसो त, नेपाली प्रधानमन्त्रीको भ्रमण रोकिने गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको मिति तोकेर चीन भ्रमण गर्नुलाई परराष्ट्र मामिलाका जानकारहरु निकै अर्थपूर्ण भएको बताउँछन् ।

सन् २०१५ मे मा चीन र भारतले नेपालको सहमति बिनै लिपु भञ्ज्याङ भएर नाका खोल्ने सम्झौता गरेपछि तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले ‘कूटनीतिक नोट’ नै लेखेको थियो ।

दुईदिने चीन भ्रमणबाट फर्केको ११ दिनपछि मोदी काठमाडौं आउँदै छन् । तिब्बती शरणार्थीका विषयमा भारत चीनका पक्षमा देखिँदै गर्दा मोदीको भ्रमण हुनुलाई नेपालले निकै अर्थपूर्ण रुपमा लिनुपर्ने कूटनीतिज्ञहरु बताउँछन् ।

मोदीले आफ्नो खुसीले नेपाल भ्रमणको मिति तय गर्नु र नेपाली प्रधानमन्त्री ओलीको भ्रमण पछि धकेलिनुले नेपाललाई चीनले हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने विश्लेषकहरु बताउँछन् । यद्यपि, नेपालले चीन भ्रमणको मिति तोक्ने र तयारी गर्ने काममा बिलम्व गर्न नहुनेमा कुट्नीतिज्ञहरुले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);