तोकेको ठाँउमा नजाने कर्मचरीलाई कारबाही गर्ने मन्त्री पण्डितकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

तोकेको ठाँउमा नजाने कर्मचरीलाई कारबाही गर्ने मन्त्री पण्डितकाे चेतावनी

lal babu pandit

काठमाडौं, १४ वैशाख । सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले तोकेको ठाँउमा नजाने कर्मचरीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

भैरहवा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री पण्डितले जागिर खाने बेला सरकारले तोकेको जुनसुकै ठाँउमा जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचरीलाई कारबाही गर्ने चेतावनी दिए ।

उनले सरकारले खटाएको ठाँउमा नजाने कर्मचरीलाई जागिर छोडेर नीजि जीवन बिताउन सुझाव दिए । सरकारले कर्मचारी समायोजनको कामलाई अगाडी बढाइरहेको भन्दै मन्त्री पण्डितले समायोजनका नाममा कर्मचारीको तह बढाउन नसकिने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);