रुकुम पूर्व, १४ बैशाख । रुकुम पूर्वका भुमे गाउँपालिकाले २७ वटा कानुन बनाएको छ । गाउँसभाबाट गाउँपालिकाले २७ वटा कानुन बनाएको हो ।
स्थानीय आवश्यक्ताको आधारमा कानुन बनाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । कानुन निर्माण भएकाले अब स्थानीय तहको कामकाज प्रभावकारी हुने उनको विश्वास छ ।