आफ्नो भूमिका सुनिश्चित गर्न खोज्दा पार्टी एकतामा ढिलाइ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

आफ्नो भूमिका सुनिश्चित गर्न खोज्दा पार्टी एकतामा ढिलाइ : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १४ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भूमिका सुनिश्चित गर्न खोज्दा पार्टी एकतामा ढिलाइ भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले दाहालको नाम नलिइ केही नेतामा आफ्नो भूमिकालाई लिएर मनोवैज्ञानिक त्रास उत्पन्न हुँदा एकताबारे विभिन्न आशंका उब्जिएको बताए । उनले केही नेताको चिन्ताका बाबजुद आम जनता, पार्टीका अधिकांश नेता र कार्यकर्ता भने पार्टी एकताको पक्षमा रहेको बताए ।