इलाम, १३ वैशाख । थ्रीस्टार क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै थ्रिस्टारले सेमिफाइनमा एपीएफसँगको भेट पक्का गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट एकएक गोल गरेपछि १५ मिनेट समय थप गरिएको थियो ।
थप समयमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । यो सँगै क्वाटर फाइनलका खेल सकिएको छ । भोलीबाट सेमिफाइनल खेल हुने छ । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीर र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुने छ ।




