हनुमानढोका क्षेत्रमा विजनेश भवन निर्माण कार्य रोक्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

हनुमानढोका क्षेत्रमा विजनेश भवन निर्माण कार्य रोक्न सर्वोच्चको आदेश

काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रमा महर्जन विजनेश एशोसिएसन प्रालिको विजनेश भवन निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिश टंकबहादुर मोक्तानको एकल इजलासले सो भवन निर्माण कार्य तत्काल रोक्न अन्तिम आदेश दिएको हो । यस सम्बन्धमा छलफल गर्न पनि सर्वोच्चले यही बैशाख १६ गते दुवै पक्षलाई बोलाएको छ ।

जनहित संरक्षण मंच र स्थानीयबासीले सो भवन निर्माण नगर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि बुधबार बसेको न्यायाधिश मोक्तानको एकल इजलासले सो भवन निर्माण कार्य नगर्न, नगराउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्चले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनि १५ दिन भित्र लिखित जवाफ दिन पनि भनेको छ । नियमित पत्रकार सम्मेलन गरी सर्वोच्चले बुधबार १ सय ५० थान मुद्दा पेशी चढेकोमा २५ थानमात्रै फैसला गरिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);