काठमाडौं, १२ बैशाख । नेपालको ऊर्जा प्रणालीको विकासमा यूरोपेली बैंकले २० अर्ब ५० करोड लगानी गर्ने भएका छन् । सो बैंकले विभिन्न ७ आयोजनामा उक्त परिमाणको लगानी गर्न लागेका हुन् ।
नेपालको ऊर्जा क्षेत्रको प्रमुख अवरोधको रुपमा रहेको प्रसारण लाइन निर्माणमा विदेशी दातृ निकायले एक पछि अर्को गर्दै सघाउन थालेको सन्दर्भमा पछिल्लो लगानी एक हो । यूरोपेली बैंकले प्रसारण लाइन निर्माणमा विशेष सहयोग गर्न लागेको हो । त्यसमा विशेष गरी चिलिमे–त्रिशूली २२० केभी, प्रसारण लाइन, त्रिशूली थ्री बी हब सबस्टेशन परियोजना, मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन, समुद्रटार–त्रिशुली थ्री बी हब १३२ केभी प्रसारण लाइन रहेका छन् ।
यस्तै १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् परियोजनामा समेत यूरोपेली बैंकले लगानी गरेको छ । रसुवा–नुवाकोट प्रसारण परियोजना पुनःनिर्माण तथा स्तरोन्नति आयोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन मिर्नाणका निम्ति उक्त बैंकले २० अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।
ती परियोजनमा युरोपेली संघ, अन्तर्राष्ट्रिय सहयोगका लागि जापानी सहयोग नियोग जाइका, एशियाली विकास बैंक, यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासलगायतले आर्थिक सहायता प्रदान गरेका छन् ।