बर्दियाको १० हजार घर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

साउन ३०, बर्दिया ।

शुक्रबारदेखिको अविरल वर्षापछि बर्दियाको बबई नदी गाउँ तथा बजार क्षेत्र पसेपछि १० हजार घर डुबानमा परेका छन् ।

 

 

बबई नदीको बाढीले ठाकुरबाबा, बारबर्दिया, मधुवन र गुलरिया नगरपालिकाका अधिकांश घर डुबानमा परेका हुन् । जिल्लाभर १० हजारभन्दा बढी घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम गुलरियामा रहेको जिल्ला अस्पतालमा बाढी पसेपछि उपचारमा समस्या भएको छ । घर डुबेपछि हजारौं नागरिक सुरक्षित स्थानतर्फ गएका छन् भने केहीको उद्धार हुन सकेको छैन । बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, सत्तरियाका ७० वर्षीय साउने थारुको ज्यान गएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । नदीमा आएको काठ समाउने क्रममा २९ वर्षीय राजेन्द्र थारु नदीमा बेपत्ता भएका छन् ।

 

 

यसैबीच, डुबान क्षेत्रबाट बर्दियाको गुलरिया नगरपालिकामा पर्ने हलेरिया र खैरीगाउँका करिब दुई सय जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । उद्धार गरिएकाहरुलाई सेनाको रुद्रध्वज गण गुलरियामा राखिएको छ । उद्धार जारी रहेको सेनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);