भारतको महाराष्ट्रमा २ दिन भित्र ३३ नक्सलवादी मारिए | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

भारतको महाराष्ट्रमा २ दिन भित्र ३३ नक्सलवादी मारिए

naxalbadi

एजेन्सी, ११ बैशाख । भारतको महाराष्ट्र प्रान्तमा नक्सलवादीहरुको गतिबिधि बढेको छ । नक्सलवादीहरुको गतिविधि बढेसँगै सरकारले नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरेपछि पछिल्लो २ दिनमा ३३ जना नक्सलवादी मारिएका छन ।

भारतको महाराष्ट्र प्रान्तको गढचिरौली जिल्लाको ताड गाउँको जंगलमा नक्सलवादीहरुको गतिबिधि बढेपछि उनीहरुको सक्रियता रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी जिमलगट्टा इलाकाको राजाराम खण्डला जंगलमा पनि नक्सलवादीहरुले आफनो गतिबिधि बढाएपछि सुरक्षाकमीृको टाउको दुखाइ बनेको छ ।

सुरक्षकर्मी र नक्सलवादीबीच पछिल्लो दुई दिनमा ताडगाउँ र राजाराम खण्डला जंगलमा क्रमश १६ र १७ जना गरी ३३ जना नक्सलवादी मारिएका छन । सुरक्षाकर्मीले यी दुबै ठाउँमा थुप्रै नक्सलवादीहरु घाइते भएको दाबी गरेको छ । नक्सलवादीहरुसंग भिड्न सेनासमेत परिचालन गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

एण्टी नक्सल अपरेसनसंग आवद्ध प्रहरी महानिरीक्षक शरद सोलरले हार्डकोर नक्सलवादी भेला भएको र उनीहरुले आफ्नो गतिबिधि जारी राखेको सूचनाको आधारमा सर्च अभियान चलाएको बताएका छन् । सुरक्षाकर्मीको र नक्सलवादीबचि भएको भीडन्तमा मारिएकाहरुको शव बरामद भएको र केही घाइतेहरुलाई नक्सलवादी आफैले बोकेर लगेको जनाइएको छ ।

भीडन्तका क्रममा नक्सलवादीहरुले केही हतियार छोडेर भागेका सुरक्षा अधिकारीहरुले जनाएका छन । महाराष्ट्रका प्रहरी महानिरीक्षक सतिस माथुरले घटनाको पुष्टि गर्दै बर्षाका कारण सर्चिङ अभियानमा समस्या उत्पन्न भएतापनि सुरक्षाकर्मीलाई ठूलो सफलता हात लागेको जानकारी दिए । यस अघि २१ अप्रिलमा बिहारको औंरङगाबादमा नक्सलवादी र प्रहरीबीच मुठभेड हुँदा नक्सलवादीको सुरक्षित अड्डा ध्वस्त बनाइएको थियो ।

नक्सलवादीबाट प्रहरीले केही हतियार पनि बरामद गरेको छ । पश्चिम बंगालबाट शुरु नक्सलाइट आन्दोलन छत्तिसगढ,उडिसा,आनध्र प्रदेश तेलंगना र महाराष्ट्रसम्म फलिदै गएको छ । यसरी सन १९६६ बाट जारी नक्सलवादी आन्दोलन भारत सरकारका निम्ति टाउको दुखाइको रुपमा प्रस्फुटित भएको छ ।