प्राविधिकको अभावका कारण पुनर्निर्माणले गति लिन सकेन : अधिकृत युवराज भुषाल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्राविधिकको अभावका कारण पुनर्निर्माणले गति लिन सकेन : अधिकृत युवराज भुषाल

rastriya punanirman

काठमाडौं, ११ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले योग्य प्राविधिकको अभावका कारण पुनर्निर्माणले गति लिन नसकेको बताएका छन् ।

आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्चद्वारा काठमाडौंमा सोमबार आयोजित अन्तक्र्रियामा प्रमखु कार्यकारी अधिकृत भुषालले सरकारले सक्रियता देखाए पनि प्राविधिक क्षमतावान नहुँदा काम प्रभावित भएको दाबी गरे ।उनले प्राविधिकहरुको कामप्रति जनगुनासाहरु बढ्दै गएको बताउँदै सरकारबाट खटिएका प्राविधिकहरुको टोलीले गाउँगाउँमा गएर लाभग्राही मैत्री सेवा दिन नसकेको गुनासो गरे । भुकम्पीडितको जन गुनासोलाई सुन्दै अझै तिव्र गतिमा पुनर्निर्माण कार्यलाई अघि बढाइने उनले आश्वासन दिए ।

भुसालले अनुदान लिएर घर नबनाउने वा झारा टार्ने हिसावले एक कोठे घर बनाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप रकम फिर्ता लिने हुँदा त्यसो नगर्न सर्वसाधारणलाई सचेत गराए । प्राविधिक असक्षमता, ज्यालादारी मजदुरको अभाव र आवश्यक नीतिको अभावमा तिव्र रुपमा पुनर्निर्माणले गति लिन नसकेको उनको स्विकारोक्ति थियो । कार्यक्रममा आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्चको नेपाल संयोजक लक हुडले भने नीतिगत र प्रक्रियागत झन्झटका कारण सहज रुपमा काम गर्न नसकिएको बताए ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनीधिले भुकम्प गएको ३ बर्ष बितिसक्दासमेत पुनर्निर्माणको कामले खासै गति लिन नसकेको बताएका छन । अनुदान प्रकृया झन्झटिलो भएका कारण पुनर्निर्माणलाई तिब्रता दिन नसकिएको स्थानिय जनप्रतिनिधीको गुनासो छ । पुनर्निर्माणअन्तर्गत करिब १ लाख २० हजार घर निर्माण भइसकेको ४ लाख ३० हजार घर निर्माणका क्रममा रहेका छन् । त्यस्तैै १ सय ५७ सांस्कृतिक सम्पदामध्ये उपत्यकामा मात्रै एक सय सम्पदा निर्माण भइसकेका छन् । विद्यालय पुनर्निर्माण पनि यसै आथिक बर्षबाट सुरु गरिने पुनर्निर्माण प्रधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);