अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु

goli

काठमाडौं, १० बैशाख । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

नग्नरूपमा आएको व्यक्तिले वाफल हाउस बाहिर पार्किङस्थलमा उभिइरहेका व्यक्तिमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । गोली लागेर तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको जनाएको छ ।

आक्रमणकारीलाई घटनास्थलसम्म पुर्याएको गाडी २९ बर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेकाले घटनामा उनको संलग्नता भएको आशङ्कामा प्रहरीले उनको खोजी गरिरहेको छ । आक्रमणकारीको हतियार वाफल हाउसका लगानीकर्ताले खोसेपछि ती व्यक्ति भागेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);