एमाले–माओवादी संयुक्त सभामा ब्यानर विवाद | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

एमाले–माओवादी संयुक्त सभामा ब्यानर विवाद

nepal-communist-party

काठमाडौं, ९ बैशाख । पार्टी एकताको सन्देश दिन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम ब्यानरको विवादले ४ घण्टा ढिलो भयो । लेलिन दिवसको अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेलिनकै फोटो नराखेपछि माओवादी कार्यकर्ताले आपत्ति जनाए । अन्ततः निर्धारित समयभन्दा ४ घण्टा ढिलो गरी दुई वटा व्यानर राखेर कार्यक्रम गरियो ।

लेलिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनेका एमाले र माओवादी केन्द्रले एकता घोषणा हुननसकेपछि संयुक्त कार्यक्रम गरेर एकताको सन्देश दिने कोसिस गरे । तर, लेलिन दिवसको अवसरमा आयोजित कार्यक्रमको व्यानरमा न त लेलिनको फोटो राखियो न माओवादीको आदर्श नेता माओत्सेतुङको फोटो नै ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ठूलो फोटो राखिएको ब्यानरको माथिल्लो भागमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको मात्र फोटो देखेपछि माओवादी कार्यकर्ता आक्रोशित भए ।

लेनिन र माओत्सेतुङको फोटो छुटेको तथा पार्टीको नाम पनि अधुरो लेखेको भन्दै माओवादी कार्यकर्ताले होहल्ला गर्नथाले पनि ब्यानर हटाइयो र शीर्ष नेता छलफलमा जुटे । अन्ततः दुई वटा ब्यानर राखेर कार्यक्रम सञ्चालन गर्ने सहमति जुट्यो ।

एकताको सन्देश दिन आयोजित कार्यक्रमलाई ब्यानर विवादले खल्लो बनाइदियो । ब्यानर राख्ने विषयमासमेत समन्वय नहुने दलहरुबीच कसरी पार्टी एकता होला भन्ने टिप्पणी सुरु भएको छ । अझ, एकीकृत पार्टीमा हुने प्रतिनिधित्व, नेता कार्यकर्ताको व्यवस्थापन लगायतको विषयमा कसरी टुंगो लाग्ला भन्ने विचरणीय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);