'एकताको सन्देश' कार्यकर्तालाई आश्वस्त पार्दै ओली-दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

‘एकताको सन्देश’ कार्यकर्तालाई आश्वस्त पार्दै ओली-दाहाल

oli prachanda

काठमाडौं, ९ बैशाख । पार्टी एकताका लागि तय गरिएको सम्भावित मिति टरे पनि एमाले र माओवादीका शीर्ष नेताले सार्वजनिक रुपमा एकताको सन्देश दिँदै कर्याकर्तालाई आश्वस्त पार्ने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललपे आईतबार संयुक्त रुपमा एकताको सन्देश दिने भएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रिय सभागृहमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एकता घोषणा गर्न केही कानुनी विषय पनि मिलाउनुपर्छ, आजै त्यो सम्भव नहुने भयो तर दुवै अध्यक्षबाट ऐतिहासिक घोषणा हुन्छ । ,आजको कान्तिपुरमा यो खबर छ ।