काठमाडौं, ८ वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बिखण्डनका लागि नभई इतिहास प्रति गौरब बोध गर्नका लागि पहिचानको मुद्दा उठाउनुपर्ने बताएका छन् ।
नेपाल बंशज परिषद्को बार्षिक साधारणसभालाई शनिबार राजधानी काठमाडौँमा सम्बोधन गर्दै उनले छुट्टै र अलग्गै छौ भन्ने देखाउन नभई नेपाल र नेपाली एक होऔँ भन्ने पहिचानका लागि लड्नुपर्ने बताए । पहिचानको मुद्दा उठाउने क्रममा विश्वका कतिपय मुलुकमा नराम्रो अवस्था पनि श्रृजना भएको भन्दै उनले त्यस तर्फ पनि सचेत हुनुपर्नेमा जोड दिए ।
निर्जिव वस्तुले पनि आ आफ्नो विशेषताका आधारमा पहिचान स्थापित गर्ने भएकाले मानवले आफ्नो पहिचान खोजेको विषयलाई अस्वभाविक मान्न नहुने उनको तर्क थियो ।




