काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध एकजुट हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले एकदलीय शासन चलाउने अभ्यास सुरु गरेको भन्दै प्रतिकारका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
यसअघि स्वायत्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्रीले आफु मातहत राख्नु अधिनायकवादको संकेत भएको उनको दाबी छ । सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न युवा शक्तिलाई निर्देशनसमेत दिए ।




